नियम ५०
नामसारीको लिखत र प्रमाण–पत्र दाखिल गर्नु पर्ने
नामसारीको रजिष्टर गर्न दरखास्त दिंदा नामसारीको लिखत, नामसारी गरिने शेयरको प्रमाणपत्र र ती शेयरहरू उपर नामसारी गरिदिने व्यक्तिको हक भएको र सो नामसारी गर्न पाउने अधिकार भएको प्रमाणपत्र कर्पोरेशनको कार्यालयमा दाखिला गर्नु पर्छ । नियम बमोजिम दस्तुर बुझाएपछि नामसारी गरी लिने व्यक्तिको नाममा लेखिए बमोजिमको शेयर रजिष्टर गरिनेछ ।
तर उक्त कुराहरूले नियम ४८ अन्र्तगत समितिले नामसारी रजिष्टर गर्न इन्कार गर्न पाउने अधिकारलाई वाधा पु¥याउने छैन ।